दवावका लागि जुटौं

विष्णु रिमाल
हाम्रो मातृभूमि प्रतिको दायित्वलाई आत्मसाथ गर्दै भूपरिवेष्ठित मुलुक नेपाललाई अन्तरिम संविधानको भरमा लामो समयसम्म शासित नगराउनका लागि चाँडो भन्दा चाँडो संविधान निर्माणको ऐतिहसिक कार्यभार पुरा गर्नु जरुरी छ ।
प्रत्येक राजनैतिक परिवर्तन र उपलव्धीमा आम नेपाली जनताको उत्साह र त्याग नै निर्णायक वन्ने गरेको हाम्रो इतिहास सर्वविदितै छ । हाम्रो देशमा सवल राजनैतिक नेतृत्वको कमी इतिहास देखि नै खड्किएको कुरा हामी सबैलाई थाहा छ । प्रत्येक राजनैतिक परिवर्तनमा राजनैतिक दल र तिनका नेतृत्व कर्ताहरु साधन होइन साध्य मात्र वन्ने गरेका छन । यदि जनतामा राजनैतिक चेतना नआउने हो भने राजनैतिक नेतृत्वको झण्डामुनी बसेर परिवर्तनको अपेक्षा गर्नु व्यर्थको प्रतिक्षा मात्र हुनेछ ।
जनताको साठी वर्ष देखिको लामो संघर्षका कारण प्राप्त उपलब्धी संविधान सभाको चुनाव भएको २८ महिना व्यतित भइसकेको छ । तर अगामी जेठ १४ गते सम्ममा नेपालले नयाँ संविधान प्राप्त गर्छ वा ग्रर्दैन अझै निश्चत हुन सकेको छैन । गत जेठ १४ गते राती ११:३० बजे संविधान सभाको म्याद थपेर १ वर्ष सम्म संवैधानिक रित्ततावाट वचेको मुलुकमा उक्त रातीको ३ वुँदे सहमती पश्चात राज्यले नयाँ सहमतीको राजनीति प्राप्त गर्ला भन्ने ठूलो अपेक्षा जनताले गरेका थिए । तर राजनैतिक नेतृत्वको अकर्मन्यताका कारण देशले सहमतीय राजनिति प्राप्त गर्नु त कता हो कता वर्तमान प्रधानमन्त्री माधव कुमार नेपालले राजिनामा गरेको दुई महिना विति सक्ता पनि नयाँ सरकार समेत प्राप्त गर्न सकेको छैन । यो भन्दा विडम्वना के हुन सक्छ ?
राजनैतिक नेतृत्व सत्ताको सुमेरु वरिपरी घुमेर आफूलाइृ सत्ताको छेउवाट १ इन्च पनि पर राख्न चाहँदैन ।  त्यसैले ५ पटक सम्म प्रधानमन्त्री चुनाव हुँदा समेत मुलुकले नयाँ प्रधानमन्त्री प्राप्त गर्न सकेको छैन । सायद प्रधानमन्त्री निवाचनको ५ पटक सम्म असफल प्रयास भएको मुलुक हाम्रो नै होला । त्यसैले पटक पटक यस्तो असफल प्रयासको निरन्तर रिहर्सल गर्नुको कुनै औचित्य छैन । राजनैतिक नेतृत्वले आफूलाई सत्ता राजनितिबाट टाडा देख्न सक्ने क्षमता समेत राख्नु पर्दछ ।
अघि माथिनै उल्लेख भइसकेको छ की देशका हरेक महत्वपूर्ण परिवर्तनमा राजनैतिक नेतृत्व साध्य मात्र बनेको छ । जनता साधन वन्ने गरेका छन । त्यसैले अव देशलाई नयाँ संविधान निर्माण गर्न समेत हामी आम नेपालीले फेरी एकपटक आवाज बुलन्द गर्ने वेला आएको छ । वा भनौं हामीले चुनेर पठाएका सभासद दललाई संविधान निर्माणको ऐतिहासिक कार्यभारमा केन्द्रित हुन दवाव दिने वेला आएको छ ।
हामी सबै देशले के दियो भन्दै मातृभूमी प्रति सराप गर्न पछि पर्दैनौ । तर देशलाई हामीले के दियौ भनेर भने कदापी पनि सम्झने गर्दैनौ । यो हामीले मातृभूमी प्रति गरेको धोर अन्याय हो । त्यसैले मातृभूमी प्रतिको हाम्रो ऋण तिर्न सदैव हामी सवैले योगदान दिनु जरुरी छ ।
मातृभूमीको ऋण तिर्नु भनेको संकटको घडीवाट मातृभुमीलाई मुक्ति दिलाउन कोसिस गर्नु हो । यदि हामीले मुलुकलाइ संकटबाट छुटकारा दिन सक्यौ भने हामी साँच्चिकै असल नागरिक भनेर इतिहासका पानामा लिपिवध्द हुने छौ । अहिलेको अवस्थाको संकट भनेको आोझेलमा पर्दै गएको संविधान निर्माण प्रक्रियालाई अगाडी वढाउनु हो ।
“जव सम्म जनता जाग्दैनन् देशले मुत्ति प्राप्त गर्न सक्दैन” त्यसैले देशको मुक्तिका लागि हामी सबै जाग्नु जरुरी छ । अहिले जाग्नु भनेको संविधान निर्माणका लागि हामीले चुनेर पठाएका सभासदलाइ एकतृत गरेर संविधान निर्माणमा केन्द्रित हुन दवाव दिनु हो । त्यसैले हामी सवैले आ-आप्नो ठाउँवाट कतिको दवाव दिन सक्छौ । त्यसमा संविधान निर्माणको प्रक्रिया अडेको छ । यदि हामीले दलहरुलाई दबाब दिन सकेनौ भने आगामी जेठ १४ गते सम्ममा त के वर्षौ सम्म पनि हामी संविधान निर्माण गर्न सक्दैनौ । त्यसैले आउनु होस हामी सबैले हातमा हात मिलाएर संविधान निर्माणका लागि दवाव दिऔ । 

0 comments:

Post a Comment